Spread the love

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शिक्षाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका १४ ठैवस्थित फूल्चोकी माध्यामिक विद्यालयको ६४ औं स्थापना दिवसलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले कति विद्यार्थीले कुन तह उत्तीर्ण गरे भन्दा पनि कति विद्यार्थीले शिक्षालाई जीवन र व्यवहारसँग जोडेर आफूलाई आत्मनिर्भर बनाउन सके भन्नेतिर प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो ।

‘‘हामीले संविधानमै विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएका छौं तर यसले केही अवसर र चुनौती दुुबै सिर्जना गरेको छ,’’ मन्त्री शर्माले भन्नुुभयो, ‘‘जुन पालिकाका जनप्रतिनिधि भिजनसहित आएका छन्, उनीहरुले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर राम्रो बनाएका छन् भने केहीमा अझ बिग्रेको गुनासो पनि अभिभावकहरुले गरिरहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनु आवश्यक छ ।’’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयाललेसरकारी बिद्यालयका शिक्षकहरुले मेहनत गरेका सामुदायिक बिद्यालयहरु उत्कृष्ट रहेको तर समग्र सामुदायिक बिद्यायलको स्तर बृद्धि गर्न भने चाडै शिक्षा ऐन जारी गर्नु पर्ने बताउनु भयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सामुदायिक विद्यालय राम्रा बनाउने, समाजमा चेतना बढाउदै आफ्ना छोराछोरी त्यसमै पढाउने प्रचलनकाे विकास गर्नु पर्नेमा जोड दिनु भयो । विसं २०१६ सालमा स्थापित यस विद्यालयमा हाल कक्षा १२ सम्म १२५८ विद्यार्थी अध्ययनरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *