नेपाली कांग्रेसले ललितपुर जिल्लाका ७१ वटै वडामा एकै दिन वडा सम्मेलन सम्पन्न गरेको छ । नेपाली कांग्रेसको विद्यानमा हरेक बर्ष सबै तहको सम्मेलन गर्ने उल्लेख भए अनुसार आज भव्यताका साथ वडा सम्मेलन सम्पन्न भएको जिल्ला सचिव बशिष्ठ अधिकारीले जानकारी दिए । सम्मेलनमा स्थानीय कमिटीको सांगठानिक, राजनीतिक र आर्थिक प्रतिवेदन माथी छलफल भएको सचिव अधिकारीले बताए ।
नेपाली कांग्रेस केन्द्रिय समितिको परिपत्र वमोजिम सबै वडाहरु राजनीतिक, संगठानिक र आर्थिक प्रतिवेदन माथि छलफल मात्र नभइ रचनात्मक (बृक्षारोपण, खेलाडी र जेष्ठ नागरिक सम्मान, टोल सरसफाई, रक्तदान ) कार्यक्रम समेत गरि वडा सम्मेलन सम्पन्न गरिएको जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले बताए । उनले भने, ‘अब ललितपुरका ६ वटै पालिकामा जेठ ६ गते एकै दिन सम्पन्न हुनेछ’ ।
केही दिन अघि नेपाली कांग्रेस ललितपुरको बैठक बसि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाई वडा सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने निर्णय अनुसार सबै वडामा जिल्ला स्तरिय प्रतिनिधि खटिएका थिए । ललितपुर जिल्ला भरि झण्डै १२ हजार कांग्रेसका क्रियाशिल सदस्य छन । आजको कार्यक्रममा ९ हजार भन्दा बढी क्रियाशिल सदस्यहरु सहभागि भएको बताइएको छ ।








