Spread the love

सैनिक श्रीमती संघ (नेपाली सेना) को आयोजनामा गोदावरी नगरपालिका वडा नं. ५ लेलेमा महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सर रोगको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । ११३ औ अन्तराष्ट्रिय महिला दिवसको अवशरमा आयोजित उक्त कार्यक्रममा निःशुल्क औषधि वितरण समेत गरिएको आयोजकले जानकारी दिएको छ । नेपाल क्यान्सर केयर फाउन्डेसन मार्फत श्री सूर्यदल गण देवि डाँडा, गोदावरी नगरपालिका वडा नम्बर ५ लेले र लेले प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय एवं सासंद सदस्य उदय शम्शेर राणाले नेपालको संबिधानमा नारीका कयौं अधिकारहरु स्पष्ट रुपमा उल्लेख भएको भन्दै स्थानीय तह देखि केन्द्र सम्म महिलाको पहँुच पुगेकोमा आफुलाई खुसि लागेको बताए । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीय स्तरमा सेनासँगको सहकार्यमा स्वास्थ्य शिविर जस्ताकार्यक्रम आयोजना गर्दा नागरिक र सैनिक बिचको सम्बन्ध थप प्रगाढ हुने बिश्वास व्यक्त गरे । 

गोदावरी वडा नं. ५ का वडाध्यक्ष मिलन सिलवालले बिश्वभरि महिला दिवस मनाई रहदा महिलाको स्वाथ्य जस्तो जटिल बिषयमा निःशुल्क शिविर गरिनु र महिलाले लाभ पाउनु भनेको एक हिसाबले नारी दिवसको औचित्य पुष्टि भएको बताए । सैनिक श्रीमती संघकी सचिव सोभाना पौडेलले नेपाली सेनाले बिपद् व्यबस्थापन र राहत बितरण जस्ता सामाजिक कार्य गर्दै आएकोमा खुसि व्यक्त गर्दै निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन । 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *