Spread the love

एड्रमेटोग्लिफिया रोगले मानिसको औँठाछाप मेटाइदिन्छ। यो एक वंशाणुगत रोग हो। सन् २००७ मा पहिलो पटक यो रोगको बिरामी पत्ता लागेको थियो। चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औँठाछाप अर्थात् फिङ्गरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो।

तपाईं चाहे नागरिकता वा बैङ्कमा खाता खोल्न जानुहोस् आफ्नो औँठाछाप लगाउनैपर्छ तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरू सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औँलाका औँठाछाप सबै मेटिन्छन्।

एक विदेशी महिला अमेरिका जाँदै थिइन्। उनको अनुहार त राहदानीमा रहेको अनुहारसँग मिल्यो तर अध्यागमनका अधिकारीहरूले उनको फिङ्गरप्रिन्ट बुझ्नै सकेनन् किनभने उनको कुनै पनि औँलामा औँठाछाप नै थिएनन्। त्यही समय बङ्गलादेशमा पनि यस्तै घटना सार्वजनिक भयो। त्यहाँ औँठाछाप नभएका एक–दुई जना व्यक्ति होइन पूरै परिवार नै थियो।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि जब एक परिवार सरकारी कार्यालय पुग्यो तब अधिकारीहरू हैरान भए। परिवारका कुनै पनि सदस्यको फिङ्गरप्रिन्ट

थिएन। निकै छलफल तथा लामो अनिर्णयपछि उनीहरूको पहिचानपत्र जारी भयो तर परिचयपत्रमा

पनि फिङ्गरप्रिन्ट नभएको उल्लेख गरियो।

आखिर केही मानिसमा किन औँठाछाप छैन भन्ने बारेमा अनुसन्धान सुरु भयो र एड्रमेटोग्लिफिया रोग पत्ता लाग्यो। यो एक दुर्लभ वंशाणुगत रोग हो जसले औँठाछाप गायब बनाइदिन्छ।

भ्रूणको विकासकै क्रममा बच्चाको औँलामा औँठाछाप तयार हुन्छ। औँठाछाप अर्थात् औँलामा हुने निश्चित चक्रीय प्याटर्न। यो गोलाकार पनि हुनसक्छ र चुच्चो पनि वा अर्कै प्याटर्न पनि हुनसक्छ। यसलाई डम्र्याटोग्लिफ भनिन्छ। त्यही औँठाछाप नहुनुलाई एड्रमेटोग्लिफिया भनिन्छ।

सन् २०११ मा वैज्ञानिकहरूले यो दुर्लभ वंशाणुगत रोगको कारण पत्ता लगाए। गर्भावस्थाका बेला भ्रूणको शरीरका जिन स्माक्यार्ड १ म म्युटेसन हुन्छ। यो त्यही जिन हो जसले गर्भको बच्चाका औँलामा औँठाछाप बनाउन भूमिका खेल्छ। यो रोगले मानिसमा पसिना ग्रन्थीको आकार पनि घटाइदिन्छ। जसकारण राम्रोसँग पसिना आउन पाउँदैन र अनेक खालका स्वास्थ्य समस्या आउँछन्। यसले गर्मीमा बस्दा वा धेरै काम गर्दा शरीरमा ज्वरो आउने जस्ता समस्या देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *