त्रिभुवन विश्वविद्यालयको खेल मैदानले एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीन वर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ । सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त सेमिफाइनल खेल हुनेछन् ।
जारी एसिसी प्रिमियर कपको आज हुने ओमान र युएई बीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अङ्कका साथ समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
नेपाल क्रिकेट सङ्घका अनुसार सेमिफाइनलमा पुगेका ओमान र युएई एकदिवसीय मान्यता प्राप्त देश भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुने भएसँगै मुलपानी मैदानले ओआइडी मान्यता प्राप्त गरेको हो ।
यसअघि मुलपानीमा समूह चरणका १० खेलवटा खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्। तर शनिबार एकदिवसीय मान्यता प्राप्त दुई देश सेमिफाइनलमा भिड्ने भए सँगै मैदानले पनि एकदिवसीय मान्यता पाएको क्यानले जनाएको छ ।
मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो।