यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २७ सय रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ थियो । जुन, निरन्तर बढ्दै १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो साताको शुक्रबार भने सुनचाँदीको कारोबार भएको थिएन ।
यो साताको आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः २०० रुपैयाँले घटेको थियो । तर, बुधबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले र बिहीबार पुनः १२ सय रुपैयाँले उकालो लागेको थियो ।
यस्तै, यो साता तेजाबी सुनको मूल्य समेत तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले उकालो लागेको छ । गत साताको शुक्रबार १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ पुगेको छ ।