२४ बैशाख २०८१, सोमबार

शिव परियार र सागर फुयालले ल्याए नयाँ गीत ‘तिमी र म’

फाेर्स दैनिक

तिमी र म अनि शीतल जून
कलकल बगेको खोला अनि मधुर धुन
सिरसिर बतासको लहरसँगै
तिमीले लामो केश फिंजाएको हेर्ने मन छ

यी गायक शिव परियारको नयाँ गीत ‘तिमी र म’मा समेटिएका शब्द हुन् । ‘तिमी र म’ एल्बममा समावेश यो शीर्ष गीतमा सागर फुयालको शब्द र शिवकै संगीत छ । गीतलाई शंशाक सापकोटाले एरेन्ज गरेका हुन् ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा टीनएजरको मायाप्रेमको भाव समेटिएको छ । भिडियोमा कुन्साङ बमजन र रेखा लिम्बू फिचर्ड छन् ।

भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका छन् । कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् । गीतका निर्माता सागर फुयाल हुन् । शिव र सागरले करिब डेढ महिनाअघि सोही एल्बममा समावेश ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरेका थिए ।

१ आश्विन २०८०, सोमबार २१:२४ मा प्रकाशित
Nabintech