२४ बैशाख २०८१, सोमबार

“धजा बानेको” बोलको गीत सार्वजनिक

फाेर्स दैनिक

नव गायक सिता आम घिमिरेले नेपाली बजारमा “धजा बानेको” बाेलकाे गीत सार्वजनिक गरेका छन । पछिल्लो समय “मेरो देश, नेपाल भन्दा माथि कोहि छैन”, फटल दिल,होलि मे चोली,बोलबम जस्ता निकै गितमा मोडलिङ् र नेपालि टेली सिरियल,यो कलियुग,सौता,पुरुष,त्याग,चेली,घण्टे,पश्चाताप (𝐓𝐡𝐞 𝐀𝐫𝐦𝐲 𝐍𝐞𝐯𝐞𝐫 𝐨𝐟 𝐝𝐮𝐭𝐲 ,𝐇𝐚𝐦𝐢 𝐄𝐤 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐦𝐨𝐯𝐢𝐞) जस्ता सर्ट फिल्ममा राम्रो अभिनय गरेर उनले बजारमा चर्चा बटुलिसकेका छन् ।

सिता राम घिमिरेलाई लोकप्रिय गीतकार तथा संगीतकार गोविन्द पंगेनीको राम्रो सहकार्य मिलेको छ । “धजा बानेको” बोलको गीतमा गीतकार तथा संगीतकारको रुपमा गोविन्द पंगेनी रहेका छन् । गीतको म्यूजिक भिडियोमा आयुष्मा कार्कि,सिता राम घिमिरे र खीर बाहादुर पौडेलको अभिनय रहेको छ । भिडियोको निर्देशन भने गणेश बाबु बिकले गरेका छन् । भिडियोका छायाँकन बिरेन्द्र पीयारको रहेको छ । छोटो समयमा राम्रो चर्चा बुटुलिसकेका सिता राम घिमिरेले बिभिन्न सम्मान तथा अवार्डहरु लिन सफल भएका छन । उनको आफ्नै शब्द संङ्गीतमा रहेको “मेरो जिन्दगी” बोलको गीत यस अघि नै सार्वजनिक भइसकेको छ ।

 

 

१५ कार्तिक २०८०, बुधबार १५:१४ मा प्रकाशित
Nabintech