२४ बैशाख २०८१, सोमबार

गोदावरी नगरपालिकाको महिला बिद्यालयबाट एसईई परिक्षामा १० जना सहभागी हुने

जस मध्ये १ जना वडा सदस्य र १ जना नगर कार्यपालिका सदस्य

फाेर्स दैनिक

गोदावरी नगरपालिकाले सञ्चालन गरेको महिला बिद्यालयबाट पहिलो पटक १० जना महिला एइई परिक्षामा सहभागी हुने भएका छन । जस मध्ये १ जना वडा सदस्य र १ जना नगर कार्यपालिका सदस्य समेत रहेको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनु भयो । कार्यपालिका सदस्य बिना नगरकोटी छम्पी र गोदावरी नगरपालिका वडा नं. ५ लेलेबाट निर्वाचित वडा सदस्य रमिता सुनारले एसईई दिन लागेका हुन ।

गोदावरी नगरपालिकाले आफ्नै लगानीमा झरुवाराशीमा रहेको महिला भवनमा बिद्यार्थीहरुलाई अध्यापन गराइरहेको छ । टिका भैरव, बाडेगाँउ र चापागाउँ उपकेन्द्रबाट कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई अध्यापन गराउने गरिएको छ । यस बिद्यालयमा हाल ३ सय ५० जना जना महिलाहरु अध्ययनरत छन ।गोदावरी नगरपालिका क्षेत्र भित्रका महिलाहरुलाई शिक्षित बनाउने अवधारणा अनुरुप यस बिद्यालयको स्थापना गरिएको नगर प्रमुख महर्जन बताउनु भयाे ।

 

एसईई दिने बिद्यार्थी बिधाई कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका प्रमुख महर्जनले ‘उमेरले पढाईलाई नछेक्ने बताउदै सबैको उज्वल भविष्यको लागि शुभकामना दिनु भयो ।’ उहाँले भन्नु भयो,‘आम नगरबासीहरुलाई यसैगरि खुसी देख्न पाए, जनप्रतिनिधीको हिसावले हामीलाई पनि सन्तुष्टी मिल्छ’।

हाल यस बिद्यालयमा २२ बर्ष देखी पढाई छोडेर बसेका बिशेष गरि बिवाहित महिलाहरु अध्ययनरत छन । गोदावरी नगरपालिका उप–प्रमुख मुना अधिकारीले भन्नु भयो,‘दिदी बहिनिहरु असाध्यै खुसी हुनुहुन्छ, बिवाह भएपछि घरयासी कारणले पढाई छुट्यो तर आत्मबलकै कारण दिदीबहिनीहरु बिद्यालयमा आउनु भएको छ’ । उप–प्रमुख अधिकारीका अनुसार अहिले ४९ बर्षिय इन्दिरा आचार्य पनि एसईई दिदै हुनुहुन्छ भने ७० बर्ष उमेरका आमाहरु महिला बिद्यालयमा प्राथमिक कक्षामा अध्ययनरत हुनुहुन्छ ।

१४ चैत्र २०८०, बुधबार ०८:४२ मा प्रकाशित
Nabintech