१२ श्रावण २०८१, शनिबार

विश्व शान्तिको सन्देशका लागि भोलिदेखि कोरियामा शिखर सम्मेलन

फाेर्स दैनिक

विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ भोलि सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु हुँदैछ ।

सम्मेलनबारे जानकारी गराउन विहान साढे १० बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिएको आयोजक संस्थाले जनाएको छ । दक्षिण कोरियाको राजधानी सिवलमा केन्द्रीय कार्यालय रहेको हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) का अध्यक्ष ली मान हीले गर्नुहुनेछ । शान्तिको क्षेत्रमा कार्यरत स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा हुने कार्यक्रम असोज १ देखि ३ गते (सेप्टेम्बर १८ देखि २०) सम्म सम्मेलन हुन लागेको हो । एचडब्लुपीएल को नवौं वार्षिकोत्सवको अवसरमा विश्व शान्ति सम्मेलन हुन लागेको सो संस्थाको भनाइ छ ।

सम्मेलनमा दिगो शान्तिका लागि शान्ति क्षेत्रमा कार्यरत विश्वका नेताहरुको छलफल कार्यक्रम, अन्तर्रााष्ट्रय युवा शान्ति गोष्ठी, धार्मिक गुरुहरुबीच गोष्ठी, अन्तर्राष्ट्रिय महिलाको गोष्ठी आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।

१ आश्विन २०८०, सोमबार २०:४८ मा प्रकाशित
Nabintech