२४ बैशाख २०८१, सोमबार

भूकम्प पीडितलाई गोदावरी नगरपालिकाले नगद २५ लाख सहयोग गर्ने

फाेर्स दैनिक

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित परिवारको उद्धार, राहत र पुर्नबासको लागि गोदावरी नगरपालिकाले नगद २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । यो रकम जिल्ला दैविक प्रकोप समितिलाई हस्तान्तरण गरिने प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।भूकम्प पीडितलाई तत्काल अत्यावश्यक सहयोग चाहिएको महशुस गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले बताए । यो दुः खको समयमा सबै तहका सरकार, नागरिक र संस्थाहरुले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गरी पीडितलाई त्रासबाट मुक्त गराउनु पर्ने नगरप्रमुख महर्जनको भनाइ छ ।

१९ कार्तिक २०८०, आईतवार १२:३६ मा प्रकाशित
Nabintech