२८ माघ २०८१, सोमबार

२०२४ मा अमेरिकालाई युद्धको फाइदा : ४४१ खर्ब रुपैयाँको हतियार कारोबार

विश्वका विभिन्न क्षेत्रहरू इजरायलदेखि इरान हुँदै रूससम्म जारी युद्धको चपेटामा परिरहँदा अमेरिकाले भने हतियार कारोबारबाट ऐतिहासिक फाइदा लिएको छ। अमेरिकी स्टेट डिपार्टमेन्टको ताजा प्रतिवेदन अनुसार २०२४ मा अमेरिकाले ४४१ खर्ब १२ अर्ब नेपाली रुपैयाँ बराबरको हतियार र सुरक्षा सम्झौता गरेको छ, जुन २०२३ को तुलनामा २९ प्रतिशतले बढी हो।

फाेर्स दैनिक

वासिङ्टन: विश्वका विभिन्न क्षेत्रहरू इजरायलदेखि इरान हुँदै रूससम्म जारी युद्धको चपेटामा परिरहँदा अमेरिकाले भने हतियार कारोबारबाट ऐतिहासिक फाइदा लिएको छ। अमेरिकी स्टेट डिपार्टमेन्टको ताजा प्रतिवेदन अनुसार २०२४ मा अमेरिकाले ४४१ खर्ब १२ अर्ब नेपाली रुपैयाँ बराबरको हतियार र सुरक्षा सम्झौता गरेको छ, जुन २०२३ को तुलनामा २९ प्रतिशतले बढी हो।

दक्षिण एशियादेखि मध्यपूर्वसम्म हतियार बिक्री

२०२४ मा अमेरिकी कम्पनीहरूले २१९ खर्ब २० अर्ब रुपैयाँको हतियार बिक्री गरे। अमेरिकी सरकार र मित्र राष्ट्रहरूसँग १६३ खर्ब २० अर्ब रुपैयाँको रक्षा कारोबार भएको छ।

अमेरिकाले सर्वाधिक हतियार बेचेका देशहरू:

  1. तुर्किये: १९ खर्ब ९० अर्बको एफ-१६ लडाकु जेट
  2. इजरायल: १६ खर्ब २० अर्बको एफ-१५ लडाकु जेट
  3. रोमानिया: ८ खर्ब ३० अर्बको एफ-३५ लडाकु र एम१ए२ अब्राहम ट्यांक
  4. जर्मनी: ४ खर्ब ३० अर्बको प्याट्रियट एयर डिफेन्स मिसाइल
  5. जापान: ५ खर्ब ४० अर्बको इन्धन भर्ने विमान र टमहक मिसाइल
  6. भारत: ३ खर्ब ४० अर्बको एम-९बी स्काई गार्जियन ड्रोन
  7. दक्षिण कोरिया: ३ खर्बको अपाचे लडाकु हेलिकप्टर
  8. स्पेन: २ खर्ब ४० अर्बको प्याट्रियट एयर डिफेन्स सिस्टम
  9. साउदी अरब: २ खर्ब १० अर्बको लजिस्टिक सपोर्ट
  10. बहराइन: १ खर्ब ९० अर्बको एम१ए२ अब्राहम ट्यांक

रक्षा क्षमतामा साझेदारी

अमेरिकी सरकारले मित्र राष्ट्रहरूलाई १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग दिएको छ। साथै साझेदार देशहरूको रक्षा क्षमता बढाउन १ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ लगानी पनि गरेको छ।

परराष्ट्र नीतिको महत्त्व

अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार हतियारको कारोबार गर्दा अमेरिका आफ्नो परराष्ट्र नीतिलाई प्राथमिकतामा राख्छ।

विश्लेषण

यस प्रतिवेदनले युद्धग्रस्त विश्वमा अमेरिकाको सैन्य कारोबारको प्रमुख भूमिका झल्काएको छ। युद्धबाट नोक्सानी व्यहोर्ने धेरै देशहरूको तुलनामा अमेरिकाले आफ्नो आर्थिक र कूटनीतिक प्रभाव विस्तार गरिरहेको स्पष्ट देखिन्छ।

२० माघ २०८१, आईतवार ०६:५६ मा प्रकाशित
Nabintech