१२ श्रावण २०८१, शनिबार

एनसेलविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ

फाेर्स दैनिक

एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् । शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

२६ मंसिर २०८०, मंगलवार ०६:५७ मा प्रकाशित
Nabintech