१२ श्रावण २०८१, शनिबार

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

फाेर्स दैनिक

नेपाल सुपर लिग फुटबल एनएसएलमा आज दुईवटा खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ललितपुर एफसी र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ।ललितपुर हाल ६ खेलबाट १० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। स्पोर्टिङ इलाम भने ७ खेलबाट ५ अंक जोडेर तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ।

यस्तै आजै अपराह्न ५ बजे पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा पोखरा ६ खेलबाट ११ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। उ आज जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ।६ खेलबाट ७ अंकसहित छैटौैँ स्थानमा रहेको बुटवल लुम्बिनी भने आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लिन चाहन्छ।

यसअघि हिजो भएको खेलमा साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।बराबरीसँगै धनगढी १२ अंक जोडेर शीर्ष स्थानमा र काठमाडौं ९ अंक जोडेर चौथो स्थानमा छन्।

३ पुष २०८०, मंगलवार ०७:५५ मा प्रकाशित
Nabintech