१२ श्रावण २०८१, शनिबार

राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सवको उद्घाटन गर्ने

फाेर्स दैनिक

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङ जान लागेका हुन् ।महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

कोरोना महामारीपछि रोकिएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यसअघि २०७६ सालमा महोत्सव भएको थियो । कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।पुस २१ गतेसम्म चल्ने महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने संघको अनुमान छ ।महोत्सवमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ ।

 

११ पुष २०८०, बुधबार ०८:०३ मा प्रकाशित
Nabintech