१२ श्रावण २०८१, शनिबार

अखाद्य वस्तु भेटिएपछि टिपटप समोसा पसललाई महानगरद्वारा दुई लाख जरिवाना

फाेर्स दैनिक

अखाद्य वस्तु बिक्री-वितरण गरेको पाइएपछि टिपटप समोस पसललाई काठमाडौं महानगरले दुई लाख जरिवाना गर्ने भएको छ।नियमित बजार अनुगमनका क्रममा महानगरले अखाद्य वस्तु भेटाएपछि जरिवाना गर्ने भएको हो।अनुगमनका क्रममा महानगरले काठमाडौं-१७ मा सञ्चालित उक्त पसलमा उत्पादित दूधबरीमासमेत अखाद्य वस्तु भेटिएको थियो।महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न पनि निर्देशन दिएको छ।

३ आश्विन २०८०, बुधबार ०७:३३ मा प्रकाशित
Nabintech