१२ श्रावण २०८१, शनिबार

शिक्षकका समस्या छिटो सम्बोधन गर्न सांसद उदय शम्शेर राणा माग

फाेर्स दैनिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद उदय शम्शेर राणाले शिक्षकका मागको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाएर आन्दोलनमा उत्रिएका शिक्षकका माग यथाशक्य छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन् । देशभरका सामुदायिका विद्यालयका शिक्षकहरु विधेयकप्रति असन्तुष्टि जनाएर काठमाडौंमा आन्दोलनका लागि आएका छन् । विद्यालय बन्द हुँदा लाखौं विद्यार्थी अध्ययनबाट बञ्चित छन् । दुई दिनदेखि जारी शिक्षकको आन्दोलनको सम्बोधन गरेर निर्वाध विद्यालय सञ्चालनको वातावरण बनाउन पूर्व अर्थराज्यमन्त्री राणाले आग्रह गरेका हुन् ।

‘संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा सच्याउपर्ने विषय धेरै छन् । यसमा अझै व्यापक छलफलको जरुरी छ,’ उनले भने, ‘विधेयकका प्रावधानप्रति असहमति जनाउदै आन्दोलनरत शिक्षकका माग यथासक्य सम्बोधन गर्दै देशभरका सामुदायिक विद्यालयमा निर्वाध पठनपाठनको सुनिश्चिताका लागि सरकारको ध्यानाकर्षण गराउछु ।’कांग्रेस नेता राणाले आन्दोलनरत शिक्षकहरुलाई पनि विद्यालय बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । ‘साथै आन्दोलनरत शिक्षक साथीहरूलाई पनि विद्यालय बन्दका कार्यक्रम फिर्ता लिन हार्दिक अपील गर्दछु,’ उनले भने ।

४ आश्विन २०८०, बिहीबार १४:१४ मा प्रकाशित
Nabintech