२० मंसिर २०८१, बिहीबार

सेयर बजार ४४.३४ अंकले बढ्यो

फाेर्स दैनिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४४.३४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।यसदिन तीन अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । गत मंगलबार भने एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचक २.२३ प्रतिशतले वृद्धि भएर २०२९.७८ विन्दुमा बन्द भएको छ ।
यस दिनको कारोबारमा नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर स्वाभिमान लघुवित्त वित्तीय संस्था रहिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएकहो हो ।

कारोबारमा आएका धितोपत्रहरुमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको २० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये १३ वटै समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक बढ्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ५.३१ प्रतिशतले वृद्धि भएको छ ।

 

४ आश्विन २०८०, बिहीबार १६:३२ मा प्रकाशित
Nabintech