१२ श्रावण २०८१, शनिबार

नाइजेरियाको जाम्फारामा बन्दुकधारीद्वारा २४ छात्रासहित ३० को अपहरण

फाेर्स दैनिक

नाइजेरियाको उत्तरपश्चिम जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेका छन्।आपराधिक लुटेरा समूहका बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयलाई उद्धृत गर्द एएफपीले जनाएको छ।

राष्ट्रपति बोला अहमद तिनुबु सत्तामा आएयता देशको सुरक्षा चुनौतीको सामना गर्ने वाचा गरिरहेका वेला कुनै विश्वविद्यालमा भएको यो पहिलो सामूहिक अपहरण हो। आक्रमणपछि होस्टलको कोठा समेत तोडफोड भएको छ।

७ आश्विन २०८०, आईतवार ०६:५३ मा प्रकाशित
Nabintech