एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले श्रीलङ्कालाई २ सय १४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।
काेलम्बाेमा टस जितेर पहिले ब्याटिङ गरेकाे भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयाे । भारतका लागि कप्तान राेहित शर्माले सर्वाधिक ५३ रन बनाए । यस्तै केएल राहुलले ३९, ईशान किशनले ३३ र अक्षर पटेलले २६ रन बनाए ।
बलिङतर्फ श्रीलङ्काका २० वर्षीय बलर दुनिथ वेलालेगेले ५ विकेट लिए । वेलालेगेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे पटक ५ विकेट लिएका हुन् । यस्तै चरिथ असलन्काले ४ र महीश थीकशानाले १ विकेट लिए । भारतकाे १० विकेट नै स्पिनरले लिए ।
२६ भाद्र २०८०, मंगलवार २३:२८ मा प्रकाशित