१२ श्रावण २०८१, शनिबार

मुलुक सङ्कटमा छ : महासचिव शङ्करपोखरेल

फाेर्स दैनिक

पोखरा । नेकपा (एमाले ) का महासचिव शङ्कर पोखरेलले मुलुक चौतर्फी सङ्कटमा परेको बताएका छन् ।नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पोखरामा सुरु भएको प्रथम ऐतिहासिक अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले अहिले जनताको जीवन असहज बन्दै गरेकोले मुलुक चौतर्फी सङ्कटमा परेको बताए ।एमालेमाथि चौतर्फी आक्रमण र घेराबन्दी भई रहेको उनले दाबी गरे । एमाले नेतृत्वमा लगातार ३ वर्ष सरकार चलाउँदा उच्च आर्थिक वृद्धिदर भएको उनको भनाइ छ ।मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी भएका छन् ।

१५ आश्विन २०८०, सोमबार १८:५० मा प्रकाशित
Nabintech