१२ श्रावण २०८१, शनिबार

भारतविरुद्ध टस हारेको नेपाल फिल्डिङमा

फाेर्स दैनिक

चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेर नेपाल पहिला फिल्डिङ गर्दैछ।झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। खेल पाैने ७ बजे सुरु हुँदैछ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ। करण केसी प्लेइङ ११ मा फर्किदा विनोद भण्डारी बेन्चमा छन्। भारतले विकेटकिपर जितेश शर्मालाई डेब्यू दिएको छ।भारत सिधैं क्वाटरफाइनल खेलेको हो। नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको।

नेपाल टी-२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो। त्यस्तै भारत २००७ को टि२० विश्वकप विजेता हो। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टी-२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो।

ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो। त्यो समय पाकिस्तान वरियतामा शीर्षस्थानमा थियो। त्यस्तै भारत, पाकिस्तान र वेस्टइन्डिजगरि तीन विश्वकप टोलीसँग ओडिआईमा खेलि सकेको छ।

भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ।

नेपालको प्लेइङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा।

भारतको प्लेइङ-११

ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह।

१६ आश्विन २०८०, मंगलवार ०७:३५ मा प्रकाशित
Nabintech