१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने

फाेर्स दैनिक

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।यसैगरी सभामुख घिमिरेले उक्त विद्युत विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

२२ आश्विन २०८०, सोमबार ०६:३५ मा प्रकाशित
Nabintech