१२ श्रावण २०८१, शनिबार

काेशी मुख्यमन्त्री चयन : अहिले ८ बजे देखि सांसदकाे सनाखत हुने

फाेर्स दैनिक

?????? ????????? ???? ??? ???? ?????? ????? ????? ????? ?????? ???????? ???????????? ?????????? ???? ???????? ???? ?????????? ?? ? ????? (?????)?? ?? ??? ?? ????????? ???????????? ?????? ???????? ???????? ?????????? ??????? ????? ? ?????? ????? ????? ?? ??? ????? ????? ??? ? ?????? : ???? ?????/????

कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाएका छन । मुख्यमन्त्रीका लागि ४७ / ४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि सांसदलाई बोलाएका हुन । सनाखत शनिवार (आज) बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गर्नुभएको छ । आङ्बोलाई गठबन्धनमा रहेका दल र कार्कीलाई नेकपा (एमाले) का सांसदले समर्थन जनाएका छन । दुवै जनाले बहुमत सांसदको नाम पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि बोलाएका हुन ।

प्रदेश प्रमुख खापुङको कार्यालयले निकालेको विज्ञप्तिमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेपछि बहुमत पुर्‍याउने सांसदलाई मुख्यमन्त्रीमा नियुक्त गरिनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ । अहिले एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन ।

२७ आश्विन २०८०, शनिबार ०६:०५ मा प्रकाशित
Nabintech