१२ श्रावण २०८१, शनिबार

प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन

फाेर्स दैनिक

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ। सोमबार राति उनको निधन भएको हो।महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।

पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी संघमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपालीले बताए। विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील मिश्रको योगदान अनुकरणीय रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले बताए। स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन्।

१७ पुष २०८०, मंगलवार ०७:३१ मा प्रकाशित
Nabintech