६ जेष्ठ २०८१, आईतवार

धान उत्पादन ५० प्रतिशत कमी हुने आँकलन, मौज्दातमा समस्या

फाेर्स दैनिक

आन्तरिक उत्पादन र बजार माग अनुसार खाद्यान्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको सरकारले बताएको छ।सरकारले गत वर्षको तुलनामा धान उत्पादन ५० प्रतिशत कमी हुने देखिएको भन्दै खाद्यान्न मौज्दातमा सहज अवस्थामा नहुने आँकलन गरेको हो।

सरकारसँग बजारको मूल्य नियन्त्रण गर्ने गरी खाद्यान्न मौज्दातसमेत नहुने अवस्था रहेको स्वीकार गरेको छ।खाद्यान्नको आन्तरिक उत्पादन र आयातका आधारमा १० प्रतिशत मौज्दात हुनुपर्नेमा १ प्रतिशत मात्रै पनि मौज्दात नरहने सरकारले जनाएको छ।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले यस्तो बताएका हुन्।उनले भण्डारणको व्यवस्थामा पनि सरकारले न्यूनतम राख्नुपर्ने मौज्दात पूरा गर्ने क्रममा रहेको बताए।

१९ पुष २०८०, बिहीबार २१:१९ मा प्रकाशित
Nabintech