१२ श्रावण २०८१, शनिबार

वचतकर्ता माथि घात गर्नेलाई कानुनको दायरामा ल्याइन्छ : अर्थमन्त्री डा. महत

फाेर्स दैनिक

अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारीबाट वचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताउनुभएको छ।सहकारीबाट ठगी भएको घटना आइरहेको सन्दर्भमा बचतकर्ता माथि विश्वास घात गर्नेलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताउनुभएको हो। अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती विशेष समारोहको समुद्घाटन गर्दै महतले सदस्यको पसिनाको कमाई दुरुपयोग गर्ने कसैलाई छुट नभएको बताउनुभयो।

‘‘वचतकर्ताको विश्वसलाई माथि घात गर्नेहरु एक छिनको लागि कानुनको दायरा बाट भाग्लान् तर सधै भाग्न सक्दैनन्’’, उहाँले भन्नुभयो, ‘‘कानुनको दायरामा उनीहरु अवश्य पनि आउँछन्। किनभने वचतकर्ताको पैसा हो। यहाँहरुको पसिनाको एक एक पैसा बाट जम्मा भएको रकम हो। दुरुपयोग गर्ने छुट छैन।’’

सहकारीको नियमक निकाय नहुँदा सहकारीले बैंकको रुप लिएको बताउनुभयो। सहकारीको व्यवस्थापक को छन् भन्ने सदस्यलाई थाहा नभएको र विश्वास कै भरमा वचत गर्दा कतिपय सहकारीका सदस्य माथि विश्वास घात भएको बताउनुभयो। देशैभर रहेका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो।

निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता बिना देशको आर्थिक तथा सामाजिक हुन नसक्ने बताउनुभयो। फरक प्रसङ्गमा उहाँले अर्थतन्त्रका विषयमा विभिन्न प्रचार भैरहे पनि विस्तारै अर्थतन्त्र लयमा फर्किएको र पुँजीको अभाव नभएको बताउनुभयो।

मन्त्री महतले रजत जयन्तीको अवसरमा स्तम्भ अनावरण तथा स्मारिका विमोचन गर्नुभएको थियो। रामपुर नगरपालिका–७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको सहकारीले रामपुर–५ बेझाँड बजार, रामपुर–९ को जब्गादी, रामपुर–१० को रामटार, निस्दी–५ को ढुङ्गानाबेँसी र रम्भा गाउँपालिका–५ को ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो। सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै तीन सय ६५ दिन नै सेवा दिँदै आएको छ।

२० पुष २०८०, शुक्रबार २०:१६ मा प्रकाशित
Nabintech