१२ श्रावण २०८१, शनिबार

क्षेत्र नं. २ ललितपुर कांग्रेसले कार्यकर्तालाई दियो प्रशिक्षण

फाेर्स दैनिक

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ ललितपुर युवा लक्षित ब्यक्तित्व बिकास एवम् क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । हिमालयन हाउस एण्ड रिसोट धुलिखेलमा सम्पन्न उत्त कार्यक्रममा क्षेत्र नं. २ का ५० जना सहभागिलाई प्रशिक्षण दिइएको थियो ।

आइतबार सम्पन्न समापन कार्यक्रमा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली कांग्रेस जिल्ला उपसभापति एवम् बागमति प्रदेश प्रशिक्षण बिभाग सदस्य सुदर्शन घिमिरेले प्रशिक्षणले व्यक्तिको क्षमता र नेतृत्व बिकासमा थप सहयोग पुगेको बिश्वास व्यक्त गर्नु भयो ।

कांग्रेस ललितपुरका सचिव बशिष्ठ कुमार अधिकारी र लाईफ कोच एण्ड मोटीभेटर उषा मल्ल सिंहले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका उपसभापति बिजेस अवाले, सचिव श्री रूद्र ढुंगाना, ललितपुर सहकारी कर्मी श्री केदार गोर्खाली, नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा ख सभापति श्री दिवाकर नेपाल, नेपाली कांग्रेस ललितपुर सूचना प्रविधि संयोजक उपेन्द्र अर्याल, कार्यालय सचिव अनुप घिमिरे, सुसान्त घिमिरे क्षेत्र नं २ क्षेत्रीय कार्यसमिति लगाएतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

८ माघ २०८०, सोमबार ०७:४४ मा प्रकाशित
Nabintech