१२ श्रावण २०८१, शनिबार

गोदावरी नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आज देखि सुरु हुदै

फाेर्स दैनिक

गोदावरी नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुक्रबार (आज) सुरु हुने भएको छ । पौष १३ (आज) देखि १५ गतेसम्म गोदावरीस्थित सेन्ट जेभियर स्कुलमा खेल आयोजना हुने प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।

गोदावरी नगरपालिकाले यो प्रतियोगितालाई एक प्रमुख उत्सवकै रुपमा आयोजना गर्न र मनाउन लागेको जनाएको छ । नगरपालिका भित्रबाट उत्पादित खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन यो खेल कोखेढ्ङ्गा साबित हुने नगरपालिकाको भनाई छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको कार्यक्रम विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रदर्शन गर्ने अवसरको रुपमा प्रयोग गर्न सक्नेछन ।

खेलमा भलिबल,कवर्डि, एथलेटिक्स र मार्सल आर्ट विधाका ३३ वटा समूह खेलका लागि ४७ वटा विद्यालयबाट कुल १५८५ विद्यार्थी, ४६ जना शिक्षक प्रतिनिधि,२ सय ७६ जना विधागत शिक्षक प्रतिनिधि तथा ६६ जना मुख्य रेफ्रीररेफ्री अम्पायर सहभागी रहनेछन् । उक्त प्रतियोगिताबाट १४४ स्वर्ण,१४४ रजत र १४४ कास्यपदक प्रदान गरिनेछ भने प्रथम स्थान हासिल गर्नेलाई नगद रु १ लाखसहित रनिङसिल्ड र ट्रफी,द्वितीय स्थान हासिल गर्नेलाई नगद रु ५० हजार र ट्रफी तथा तृतीय स्थान हासिल गर्नेलाई नगद रु २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजक नगरपालिकाले जनाएको छ ।

 

१३ पुष २०८०, शुक्रबार ०५:५० मा प्रकाशित
Nabintech