६ जेष्ठ २०८१, आईतवार

नेपालमा समेत छायांकन भएको हलिउड फिल्म ‘द क्रिएटर’को ट्रेलर सार्वजनिक

फाेर्स दैनिक

नेपालमा समेत केही भाग छायांकन गरिएको हलिउड फिल्म ‘द क्रिएटर’को ट्रेलर सार्वजनिक भएको छ । कृत्रिम बौद्धिकता (एआई) र मानवताबीचको लडाइँको कथावस्तुमा बनेको फिल्मलाई चर्चित हलिउड फिल्म ‘द रग’ र ‘गोडजिला’का निर्देशक गेरेथ एड्वार्ड्सले निर्देशन गरेका हुन् ।

‘एभरेस्ट’ र ‘डक्टर स्ट्रेन्ज’जस्ता ठूला फिल्मपछि हलिउडको यो प्रतीक्षित फिल्मको केही भाग नेपालमा छायांकन गरिएको हो । यो फिल्ममा ‘इटर्नल्स’, ‘क्रेजी रिच एसियन्स’ स्टार जेम्मा चेन, ‘इन्सेप्सन’ स्टार केन वातानावे, ‘डक्टर स्ट्रेन्ज’ अभिनेता बेनेडिक्ट वङसहित ओस्कार विजयी एलिसन जेनी लगायतले अभिनय गरेका छन् ।

१ आश्विन २०८०, सोमबार २१:१९ मा प्रकाशित
Nabintech