१२ श्रावण २०८१, शनिबार

विद्यार्थीमा सफलताको भोक हुनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले जिन्दगीको सबैभन्दा ठुलो कुरा भनेको खुसी कसरी हुने भन्ने रहेको बताउनुभयो । हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने उहाँको भनाइ छ ।

फाेर्स दैनिक

महामन्त्री थापाले सांसदहरूलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौँ पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताउनुभयो ।

‘‘जिन्दगीको सबैभन्दा ठुलो कुरा भनेको खुसी कसरी हुने भन्ने हो । तपाईँहरूले सफलताको भोक पनि राख्नुस् । परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरू तनावमा रहने गर्दछन् । म अहिले चुनाव जितेर सांसद छु, मलाई अब चार वर्षपछि कसरी चुनाव जित्ने भनने तनाव छ । पाँच पटक प्रधानमन्त्री भएको मान्छेलाई छ पटक किन भएन भन्ने तनाव छ ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन् । सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो तर फलको आस नगर्ने हो । कर्म इमान्दारिताका साथ गर्नुपर्छ ।’’ महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आस नगर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

२ आश्विन २०८०, मंगलवार १४:२० मा प्रकाशित
Nabintech