२४ बैशाख २०८१, सोमबार

देशभरका शिक्षकले आज देखिमाइतीघरमा प्रदर्शन गर्ने, यस्ता छन शिक्षकका मागहरु

फाेर्स दैनिक

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आजदेखी आन्दोलनमा उत्रने भएका छन । देशका बिभिन्न जिल्लाबाट आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आइसकेको नेपाल शिक्षक महासंघले जनाएको छ ।बुधबार (आज) देखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने दाबी गरेको छ ।

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार २०७५ सालमा ३० बुँदे र २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो । त्यो सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकको दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने बताएको छ ।

संसदमा दर्ता भएका विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्दछ । उक्त व्यवस्थामा समेत महासंघले संशोधन चाहेको छ ।सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने प्रावधान पिनि संशोधन गर्नुपर्ने हासंघको असन्तुष्टि छ ।लामो समय अस्थायी रहेका शिक्षकको समस्या विधेयकले सम्वोधन गर्ने अपेक्षा गरिएपनि शिक्षक विरोधी विधेयक आएको शिक्षक संघका अध्यक्ष गिरी बताउँछन् ।महासंघको असन्तुष्टिबारे छलफल गर्न सरकार तयार रहेको कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का बताउँछन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री खड्काले भने, ‘मुलुकको अहिलेको अर्थतन्त्र, जुन अठ्यारो अवस्थामा छ, यसले धान्न नसक्ने र संविधानको व्यवस्था विपरित हुने माग बाहेक सबै छलफलबाट समाधान तयार तयार छौं ।’साथै विधेयक दर्ता भएपछि सरकारसँग सम्वाद वा आफ्ना असन्तुष्टि के के हो भन्ने जानकारी समेत नदिई शिक्षक महासंघले आन्दोलन घोषणा गरेको उनको गुनासो थियो ।

मन्त्रिपरिषद्ले विधेयक पास भइसकेपछि पनि सरकारले आफ्नै नेतृत्वमा सरोकारबालाहरुसँग छलफल गरेर धेरै हदसम्म सम्बोधन गर्न खोजेको भन्दै उनले भने, ‘संसदमा विधेयक दर्ता भएपछि शिक्षक महासंघको तर्फबाट सरकारसँग सम्पर्क वा छलफल वा योयो अपुग भयो, छुटे भन्ने आएनन् । अकस्मात भोलि संविधान दिवसको दिन ३ गतेदेखि विद्यालय बन्द लगायतका आन्दोलन घोषणा भएको विज्ञप्तिमार्फत जानकारी भयो ।’

३ आश्विन २०८०, बुधबार ०७:१० मा प्रकाशित
Nabintech