१२ श्रावण २०८१, शनिबार

कांग्रेस केन्द्रीय समितिको बैठक आज, यस्ता छन् एजेण्डा

फाेर्स दैनिक

कांग्रेस केन्द्रीय समितिको बैठक आज, यस्ता छन् एजेण्डा

नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसेको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार पदाधिकारी बैठक बसेको हो। कांग्रेसमा १३ जना पदाधिकारी छन्।

केन्द्रीय समिति बैठकका एजेन्डाबारे पदाधिकारी बैठकमा छलफल भएको हो। बिहान ९ बजेदेखि ११ बजेसम्म धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा मंसिरमा हुने महासमिति बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरिने बताए। कांग्रेसले गत साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठक पनि कांग्रेसको फेसबुक पेजबाट लाइभ गरेको थियो।

अधिकांश केन्द्रीय सदस्यले बैठक लाइभ गरेकोमा सभापति देउवालाई धन्यवाद दिएका थिए भने नेता शेखर कोइरालालगायत केही केन्द्रीय सदस्यहरूले भने लाइभ गर्न नहुने बताएका थिए। केन्द्रीय समिति बैठकमा कार्ययोजनाबारे समीक्षा, महासमिति बैठकलगायत विषयमा छलफल हुनेछ।

४ आश्विन २०८०, बिहीबार १३:४५ मा प्रकाशित
Nabintech