३० भाद्र २०८१, आईतवार

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले छान्यो १० उम्मेदवार

फाेर्स दैनिक

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १० जना उम्मेदवारको टुंगो लगाएको छ । गए राति अबेरसम्म बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।कांग्रेसमा संस्थापन र इतर समूहबीच भागबन्डा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भएको थियो ।

कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो । यस्तै, मधेसमा आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीमा जितजंग बस्नेत (अन्य) र विष्णुदेवी पुडासैनी (महिला) उम्मेदवार बनेका छन् ।

यसैगरी, कांग्रेसले गण्डकीमा किरणबाबु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक), लुम्बिनीमा विष्णुकुमारी सापकोटा (महिला), कर्णालीमा कृष्णबहादुर रोकाया (अन्य) लाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिममा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक) कांग्रेसका उम्मेदवार बनेका छन् ।नेता शेखर कोइरालासहित संस्थापनइतर पक्षले १० मध्ये चार सिटको अडान राखे पनि अन्तिममा तीन जनामा चित्त बुझाएका छन् । संस्थापन इतरपक्षबाट विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ र विष्णुकुमारी सापकोटाले उम्मेदवारको टिकट पाएका छन् ।

२३ पुष २०८०, सोमबार ०९:५० मा प्रकाशित
Nabintech