१२ श्रावण २०८१, शनिबार

महाङ्काल गाउँपालिका गान सार्वजनिक

फाेर्स दैनिक

महाङ्काल गाउँपालिका गान सार्वजनिक सार्वजनिक भएको छ । महाङ्काल प्रज्ञा–प्रतिष्ठानको कार्यालयमा गाउँपालिका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति गणेश बहादुर के.सिले एक कार्यक्रमका बिच उक्त गितको सार्वजनिक गरेका हुन । कार्यक्रममा उपाध्यक्ष डोल्मा माया गोले, प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट, वडा अध्यक्षहरु राम प्रसाद घिमिरे, जोनी कुमार न्यासुर, मनोज कुमार पराजुली, कृष्ण प्रसाद तिमल्सिना,भूमिनन्द घिमिरे तथा कार्यपालिका सदस्यहरु, प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष एवं प्राज्ञ परिषद् अध्यक्ष राम सुन्दर के.सी प्राज्ञ परिषद् सदस्य सचिव सुरेश न्यौपाने साथै प्राज्ञ सभा सदस्यहरु, महाङ्काल गाउँपालिका कार्यालयका शाखा प्रमुख तथा कर्मचारीहरु,महाङ्काल गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

६ चैत्र २०८०, मंगलवार ०७:३३ मा प्रकाशित
Nabintech