१२ श्रावण २०८१, शनिबार

रियलको शतप्रतिशत जित, लेन्समाथि आर्सनलको आधा दर्जन गोल

फाेर्स दैनिक

रियल मड्रिडविरुद्धको अग्रता जोगाउन नसक्दा इटालियन क्लब नापोली ४–२ ले पराजित भएको छ।च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा घरेलु समर्थकमाझ रियलले जित निकालेको हो। नापोलीका साइमनको गोलसँगै खेलको नवौं मिनेटमा १–० ले पछि परेको रियलले त्यसको २ मिनेटमा नै गोल फर्कायो। रोड्रिगो बराबरी गर्दा खेलको २२ ओैं मिनेटमा जुड बेलिङ्घमले रियलका लागि गोल गरे। दोस्रो हाफको ४७ औं मिनेटमा नापोलीका अन्गुइसाले गोल गर्दा खेल बराबरी भयो।

रियललाई फेरि पुनरागमन गर्न खेलको ८४ औं मिनेट कुर्न परेको थियो। निको नाजले रियललाई अगाडि बढाए भने जोसेलुले इन्ज्युरी समयमा गोल गर्दै जारी लिगमा पाँचौ जित निश्चित गरे।समूह सीको शीर्षस्थानमा रहेको रियलले लिगमा शतप्रतिशत जित दर्ता गरेको छ। सात अंककासाथ दोस्रो स्थानमा नापोली उपविजेता हुँदै च्याम्पियन्स लिगको नकआउट पुग्ने योजनामा छ।

लिगको गएरातिकै खेलमा आर्सनलले लेन्सलाई ६–०ले हराएको छ। आर्सनलको इमिरेट्स रंगशालामा आक्रामक घरेलु टिम समूह बीको विजेताका रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। पराजित लेन्स भने अर्को चरणमा जाने सम्भावना लगभग समाप्त भएको छ।

गएरातिको समूह डीको खेलमा बेन्फिकालाई ३–३ को बराबरीमा रोक्दै इन्टरले समूह विजेता बन्ने सम्भावना कायमै राखेको छ। बार्यन म्यूनिक एफसी कोपन हेगनसँग गोलरहीत बराबरीमा रोकिँदा म्यानचेस्टर युनाइटेट र गालातासारेले ३–३ गोल गर्दै अ‌क बाँडे।

१४ मंसिर २०८०, बिहीबार ०७:२८ मा प्रकाशित
Nabintech