१२ श्रावण २०८१, शनिबार

गोदावरी नगरपालिकामा पुर्वाधारको काम गर्दा गुणस्तरबारे ल्याव परिक्षण हुने

फाेर्स दैनिक

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले आफ्नो नगर क्षेत्र भित्र पुर्वाधारका क्षेत्रमा व्यापक काम भइरहेको बताएका छन । आर्थिक बर्ष २०७९/ ०८० को समिक्षा गोष्ठीमा बोल्दै नगर प्रमुख पुर्वाधार, शिक्षा, स्वास्थ्य, शिक्षा, कृषि र पशुका क्षेत्रमा व्यापक परिवर्तन ल्याउन सफल भएको बताए । गोदावरी नगरपालिकाको नगर प्रमुख भएर पहिलो कार्यकालबाट धेरै अनुभव बटुलेको हुदाँ दोश्रो कार्यकालमा नगरबासी थप खुसी हुने गरि काम गर्ने उनको भनाई छ । उनले भने, ‘गोदावरी नगरपालिका भित्र धेरै काम भएका छन, हामी सधै सुशासनमा ध्यान दिएर अगाडी बढ्नु पर्छ, । सडक निर्माणका काममा माटोको ल्याव परिक्षण गराएर, गुणस्तरीय निर्माण सामग्री प्रयोग गरि काम गर्ने गरिएको बताउदै नगरप्रमुख महर्जनले लामो समय टिक्ने र सुन्दर सडक बनाउने आफ्नो योजना रहेको बताए । सामुदायिक बिद्यालयमा भौतिक पुर्वाधार लगाएतका क्षेत्रमा धेरै काम गरेका कारण बिद्यार्थीको आर्कषण बढेको नगर प्रमुख महर्जनको भनाई छ ।

२६ मंसिर २०८०, मंगलवार ०७:२४ मा प्रकाशित
Nabintech