१२ श्रावण २०८१, शनिबार

एमाले निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आज पनि सुनुवाइ हुँदै

फाेर्स दैनिक

एमाले निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा आज तेस्रो दिन निरन्तर सुनुवाइ हुन लागेको हो । गत सोमबारदेखि न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

हिजो सरकारी वकिलको बहस सकिएकाले आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्नेछन् ।२०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।सो घटनामा कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । त्यसमा जिल्ला अदालत महोत्तरीले ०७६ साल असोज २ गते महतोलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसपछि असई विकका आफन्त प्रेमबहादुर बिक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत जनकपुरले ०७७ मंसिर १९ गते कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसपछि उनी फरार छन् ।

२७ मंसिर २०८०, बुधबार ०७:२४ मा प्रकाशित
Nabintech