१२ श्रावण २०८१, शनिबार

आज किन बस्दैछ माओवादी केन्द्रको पदाधिकारी बैठक

सत्ता साझेदार दलबीच कसले कति संख्या पाउने भन्ने तय नभएकाले आज मापदण्डबारे छलफल हुने

फाेर्स दैनिक

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक मंगलबार बस्दैछ।पदाधिकारी बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।आजको बैठकमा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, सरकारको कामको मूल्याङ्कन र पार्टीको अभियानको समीक्षा हुने सचिव पौडेलले जानकारी दिए।

राष्ट्रिय सभामा २० सांसद्हरूको पदावधि सकिँदैछ। सत्ता गठबन्धनले भागबन्डा गरेर उम्मेदवारी दिने तयारी गरेका छन्। यद्यपि सत्ता साझेदार दलबीच कसले कति संख्या पाउने भन्ने तय नभएकाले आज मापदण्डबारे छलफल हुने माओवादी केन्द्रले जानकारी दिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको पुस १० गते एक वर्ष पूरा हुँदैछ। यसबीचमा सरकारले गरेको कामको समीक्षा हुने पौडेलले जानकारी दिए।माओवादी केन्द्रले भदौ, असोज, कात्तिक तीन महिना ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गरेको थियो। आजको बैठकले त्यसको समीक्षा गर्न लागेको हो।

३ पुष २०८०, मंगलवार ०७:५२ मा प्रकाशित
Nabintech