७ बैशाख २०८१, शुक्रबार

विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी

फाेर्स दैनिक

सुनसरीको दुहवी नगरपालिकाले विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेमा कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले विद्यालयको पठनपाठनमा अवरोध पुर्‍याए शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको छ ।

शिक्षकले विद्यार्थीको नियमित पठनपाठनमा बाधा पर्नेगरी विद्यालय बन्दको कार्यक्रम आयोजना गरेको सुनिएको भन्दै नगरपालिकाले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न नहुने बताएको छ ।

नगरपालिकाले बालबालिकाको सिकाइमा बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हडताल गरे कदापि स्वीकार्य नहुने बताएको छ । नगरपालिकाले नियमित विद्यालय सञ्चालनमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह गरेको छ ।

१ आश्विन २०८०, सोमबार २०:३८ मा प्रकाशित
Nabintech