१२ श्रावण २०८१, शनिबार

अन्तरघातबाट मुक्त भए कांग्रेस पहिलो पार्टी बन्छ : देउवा

फाेर्स दैनिक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन्।बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग सल्किएको बताए।

उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने दलका रुपमा स्थापित गर्न नेता/कार्यकर्तालाई आग्रह गरे।उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न कांग्रेसले काम गरिरहेको बताए। सभापति देउवाले आगामी दिनमा कांग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताए।

५ पुष २०८०, बिहीबार २०:२९ मा प्रकाशित
Nabintech