१२ श्रावण २०८१, शनिबार

नाडा अटो शोमा टाटाका ५०० भन्दा धेरै टियागो ईभी बुकिङ

फाेर्स दैनिक

‘नाडा अटो शो’मा टाटा मोर्टसका ५ सय भन्दा धेरै टियागो ईभी कार बुकिङ गर्न सफल भएको नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।

२६ भदौदेखि ३१ भदौसम्म भृकुटीमण्डपमा सञ्चालति १५ औं संस्करणको नाडा अटो शोमा टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पञ्च प्रदर्शन गरिएको थियो । कम्पनीले टियागो ईभीको सुरुवाती मूल्य २१.९९ लाख रूपैयाँ तोकेको छ ।

टाटा नेक्सन टियागो ईभी एक्स जेड प्लस र टाटा पञ्चको बुकिङ पनि उल्लेखनीय रहेको कम्पनीले बताएको छ ।

सिप्रदीका प्यासेन्जर भेहीकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले टाटा मोटर्सका गाडीहरुप्रति ग्राहकहरूले राखेको चासोबाट आफूहरू उत्साहित भएको बताए ।

१ आश्विन २०८०, सोमबार २०:५६ मा प्रकाशित
Nabintech