१२ श्रावण २०८१, शनिबार

बिपी साहित्य महोत्सवको बाँकी कार्यक्रम संविधान दिवसको दिन हुने

कांग्रेसले भदौ २४ र २५ गते पनि बिपी साहित्य महोत्सवमा विभिन्न कार्यक्रम हुने जानकारी गराएको छ ।

फाेर्स दैनिक

नेपाली कांग्रेसले स्थगित गरेको बिपी साहित्य महोत्सव असोज ३ अर्थात् संविधान दिवसको दिन हुने भएको छ । संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बिपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो ।

नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको थियो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार असोज ३ गते बिहान साढे १० बजेदेखि अपराह्न ५ बजेसम्म बिपी साहित्य महोत्सवको कार्यक्रम हुनेछ । उक्त दिन बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबार्ल्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो विषयमा छलफल हुनेछ ।

यस्तै, कांग्रेसले भदौ २४ र २५ गते पनि बिपी साहित्य महोत्सवमा विभिन्न कार्यक्रम हुने जानकारी गराएको छ ।

१ आश्विन २०८०, सोमबार २१:१४ मा प्रकाशित
Nabintech