१२ श्रावण २०८१, शनिबार

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ।

फाेर्स दैनिक

गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ। जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन।

साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरासमेत निर्देशिकामा उल्लेख छ। कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ। यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भए पनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो ।

१ आश्विन २०८०, सोमबार २१:४८ मा प्रकाशित
Nabintech