१२ श्रावण २०८१, शनिबार

गणेशमान सिंह संयाेग र परिस्थितिले मात्रै नेता भएको मान्छे हैन – मीन विश्वकर्मा 

फाेर्स दैनिक

कांग्रेसका केन्द्रीय सदस्य, सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गणेशमान सिंह संयाेग र परिस्थितिले मात्रै नेता भएको मान्छे हैन भन्ने धारणा राख्नु भएको छ ।

सर्वमान्य नेता गणेशमान सिंहकाे २६ ओैं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुर द्वारा आज मंगलबार यहाँआयाेजित “गणेशमान सिंह र समावेशी नेपालकाे परिकल्पना”  विषयक प्रवचनमा विश्वकर्माले गणेशमान सिंह लाेभलाचल विहिन, साहासी, संयम राजनीतिक नेतृत्व भएको व्यक्ति रहेकाे स्मरण गर्दै उहाँको नेतृत्व नभएको भए २०४६ काे आन्दोलन सफल हुँदैनथ्यो भन्ने धारणा राख्नु भएको हाे ।

“गणेशमानजीसंग मेराे भेट २०४६ माघ २५ गते विराटनगरमा भएको थियाे, त्यसवेला उहाँलाई राजद्राेहकाे मुद्दामा अदालतमा उपस्थित गराइएको थियाे, उहाँले न्यायाधीशलाई जवाफ दिंदै हामीले काँग्रेस र जनतासंग मिलेको राजा तर राजाले चाहेनन्, राt?uजा त पञ्चकाे मात्रै भए श्रीमान्, भन्नुभएकोथियाे । अदालतमा वहसपछि साेहीदिन राती ११ बजे ३ हजार धराैटीमा छुट्नु भएकाे थियाे ।” विश्वकर्माले भन्नुभयाे, ” उहाँ लाेभलाचल विहिन, साहासी, संयम राजनीतिक नेतृत्व भhएको व्यक्ति हुनुहुन्थ्यो, गणेशमान सिंहकाे नेतृत्व नभएको भए २०४६ काे आन्दोलन सफल हुँदैनथ्यो, गणेशमानले नेतृत्व गरेकै कारण काठमाडौं उठ्याे, पाटन उठ्यो, उहाँ संयाेग र परिस्थितिले मात्रै नेता भएको मान्छे हैन, सबै कुराकाे विकृति र विसंगति देखेर सबै किसिमका सुख सयल त्यागेर घर छाेडेर आन्दोलनमा लाग्नु भएको राजनेता हाे ।”

उहाँले सिंह भाषण र कथामा मात्रै हैन, आफ्नाे जीवन र व्यवहारमा पनि लागू गर्नुभएकाे राजनेता भएको वताउँदै २०४६ काे परिवर्तन पछि सिंहले “राजनीतिक लक्ष्य प्राप्त गर्याैं, आर्थिकसामाजिक परिवर्तन गर्न सकेनौं भने व्यार्थ हुन्छ ” भनेर भाषण गरेको स्मरण गर्नुभयाे ।

विश्वकर्माले २०५१ सालमा काँग्रेसले गल्ती गरेकै हाे भन्दै त्याे गल्ती अहिले माफी गर्न सकिने तर भुल्न नसकिने धारणा राख्नुहुँदै गल्ती सुधारेर महान बन्नुपर्ने तर्क गर्नु भयाे । उहाँले अहिले राजनीतिक नेतृत्वमा विचारकाे खडेरी सर्वत्र छ भन्दै विचारकाे खडेरी हुनु भनेको राजनीति अलमलमा पर्नु हाे भन्ने धारणा राख्नु भयाे ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले कमजोरी सुधार गरेर संगठन वलियाे बनाउने गरि लाग्ने वताउनु भयाे । उहाँले कार्तिक महिनाभित्रै क्रियाशील वितरण गरिसक्ने वताउनु भयाे ।

वि.सं. २०५४ साल असाेज २ गते देहावसान हुनुभएका सर्वामान्य नेता, लाैह पुरुष, २०४६ काे आन्दोलनका सर्वाेच्च कमान्डर गणेशमान सिंहकाे सम्झनामा कांग्रेसले आज देशैभर कार्यक्रम गरिरहेको छ ।

३ आश्विन २०८०, बुधबार ०९:५६ मा प्रकाशित
Nabintech