१२ श्रावण २०८१, शनिबार

शिक्षकहरूको अन्दोलेनले काठमाडौँका सडक अस्तब्यस्त

फाेर्स दैनिक

शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ। राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् ।

राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारीसाधन आवागमन प्रभावित बनेको हो ।

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

३ आश्विन २०८०, बुधबार १२:३१ मा प्रकाशित
Nabintech