१२ श्रावण २०८१, शनिबार

निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि शिक्षक नेता र गृहमन्त्री बिच छलफल

फाेर्स दैनिक

शिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्री सहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल गरेका छन् । निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडी बढाउन दुवै पक्षबिच छलफल भएको शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले जानकारी दिनुभयो ।

बुधवारदेखि सुरु भएको आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्न समेत जिल्ला प्रशासन कार्यालयकाठमाडाैंले शिक्षकहरूसँग अनुरोध गरेको छ । तर शिक्षकहरूले आज पनि बुधवारकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अध्यक्ष तुलाधरले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँले शिक्षक र सरकार बिच औपचारिक रूपमा कुनै पनि वार्ताको पहल नभएको आरोप लगाउनु भयो । सरकार प्रमुखसँग वार्ता गर्ने अडान राख्नै शिक्षकहरूले आन्दोलन निरन्तर अघि बढाउने बताउनुभयो ।

यता आज बिहान भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको छलफलमा तत्काल वार्ताबाट समाधान खोज्नु शिक्षकहरूलाई अनुरोध गर्नुभएको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले दिनुभयो ।

४ आश्विन २०८०, बिहीबार १०:४२ मा प्रकाशित
Nabintech