१२ श्रावण २०८१, शनिबार

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

फाेर्स दैनिक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।मनोनित हुनेमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।

देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् । भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्माले सहमहामन्त्रीमा पराजित भएका थिए ।जोशी, हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य थिए । किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए । रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित शाह त्यसअघि लेखा समितिको सभापति थिए । रुंगटा उद्योगपति हुन् ।

४ आश्विन २०८०, बिहीबार १४:४७ मा प्रकाशित
Nabintech