७ बैशाख २०८१, शुक्रबार

निःशुल्क आयुर्वेद स्वास्थ शिविर सम्पन्न

फाेर्स दैनिक

ललितपुर,/ ७ असोज, गाेदावरी नगरपालिका वडा नं. १२, थेचो स्थित वेलुवनाराम विहारमा निःशुल्क आयुर्वेद स्वास्थ शिविर सम्पन्न भएको छ । झिगु आयुर्वेद पसल र नवदुर्गा बचत तथा ऋण सहकारीकाे आयाेजनामा शनिवार सम्पन्न आयुर्वेद स्वास्थ शिविरमा डा सरीता श्रेष्ठ, डा शंकर गाैतम, डा निपुन महर्जन, डा कृष्णकुमार मालाकार, डा निकी महर्जन, डा जीवित महर्जन र कविराज सुनिल महर्जनलगायतले स्वास्थ्य जाँच सेवा प्रदान गरेका थिए ।

नवदुर्गा बचत तथा ऋण सहकारी १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा भएको स्वास्थ शिविरमा २०७ जनाले स्वास्थ्य सेवा लिएकााे झिगु आयुर्वेदका सञ्चालक सन्नी माली जानकारी दिए ।

शिविरमा चापागाउँ आयर्वेद औषधालयको प्राविधिक सहयोगमा पाइल्स, बाथरोग, फिस्टुला, जोर्नी तथा नशा, पिनास,लदम, खोकी, ग्याष्टिक, अल्सर, मधुमेह, पत्थरी, यौन दुर्वलता, छाला रोग, जन्डिस , हेपाटाइटिस लगायतका सेवाहरू प्रदान गरिएको थियाे ।

झिगु आयुर्वेद पसलले विभिन्न संघसंस्थाहरुकाे समन्वयमा विगत वर्षदेखि नै आयुर्वेद स्वास्थ शिविर गर्दै आइरहेको छ ।

 

७ आश्विन २०८०, आईतवार ०८:३२ मा प्रकाशित
Nabintech