१२ श्रावण २०८१, शनिबार

क्युकाेशिनकाई करातेका ५० खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न

फाेर्स दैनिक

ललितपुर/ ७ असाेज, क्युकाेशिनकाई करातेका ५० खेलाडीले वेल्ड टेष्ट सम्पन्न गरेका छन्। नखिपाेटमा सञ्चालित एस.आई आर क्युकाेशिनकाई कराते डाेजाेका ५० जना खेलाडीहरुकाे वेल्ट टेष्ट शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाे प्रमुख राज कुचीकारले जानकारी गराए। शुक्रबार र शनिवार भएकाे वेल्ड टेष्टमा प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, डाेजाे प्रमुख सेन्सेई राज कुचीकार, प्रशिक्षकहरु सेन्सेई उत्तम स्थापित, सेम्पाई विश्व दाेङ र सेम्पाई ओम तामाङले खेलाडीहरुकाे परीक्षा लिएकाे डाेजाे प्रमुख कुचीकारले जानकारी गराए ।

वेल्ट टेष्टमा सहभागीहरुमध्ये ३ जनाले ब्राउन, ४ जनाले ग्रीन, ४ जनाले एल्लाे, १० जनाले व्लु र  २९ जनाले अरेन्ज वेल्ट प्राप्त गरेका छन् ।

आइ के ओ क्याेकुशिनकाई नेपालका ब्रान्च चिफ शिहान दिपक लामाले वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुनुका साथै उनीहरुले पाउने वेल्टकाे महत्त्व र वेल्ट अनुसारको क्षमताकाे जानकारी हुने वताए । ‘ वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुन्छ। उनीहरुले पाउने वेल्टकाे महत्त्व र वेल्ट अनुसारको क्षमताकाे जानकारी हुन्छ ।’ लामाले भने।

प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठदे भने, “६० दिन हाजिर भएको याेग्य खेलाडीहरुलाई मात्रै वेल्ट टेष्टमा सहभागी गराएका छाैं, लिखित परिक्षा, वेसिक (किहाेन) मापदण्डहरुकाे परीक्षण, स्टेपिङ, काता, कुमिते परिक्षमा पूरा गरेकाहरु वेल्ट टेष्टमा सहभागी गराउँछाैं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरुलाई वेल्ट टेष्टमा सहभागी गराइएको छैन ।”
प्रत्येक तीन देखि चार महिनाभित्र वेल्ट टेष्ट हुने डाेजाेका प्रमुख प्रशिक्षक समीर श्रेष्ठले जानकारी गराए । दुई दिनसम्म चलेकाे वेल्ट टेष्टमा खेलाडीहरुले पूर्ण अनुशासनमा रहेर खेलका सबै नियमहरु पालना गरेर वेल्ट परीक्षा उतिर्ण गरेका हुन् ।

यस अघि जेठ ५ र ६ गते ५५ जनाकाे वेल्ट टेष्ट सम्पन्न  भएको थियाे । जेठ महिनामा भएको वेल्ट टेष्टमा सहभागीहरुमध्ये २ जनाले सिनियर ब्राउन,
४ जनाले ब्राउन, ४ जनाले सिनियर ग्रीन, ५ जनाले ग्रीन, १० जनाले एल्लाे, १० जनाले व्लु र  २० जनाले अरेन्ज वेल्ट प्राप्त गरेका थिए ।

७ आश्विन २०८०, आईतवार ०८:४९ मा प्रकाशित
Nabintech